Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड


    सोमबार, साउन ३० २०७९
    670
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार, देशभरका शिवालयहरुमा भक्तजनको भीड लागेको छ । विशेष गरी महिलाहरुले साउन महिनाको हरेक सोमबार व्रत बसेर  शिवको पूजा  गर्दै आएका छन् । त्यही व्रत आजबाट महिलाहरुले विधिपूर्वक छोड्ने परम्परा छ ।
    काठमाडौँको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको हो । 

    चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरुको घुइँचो लागेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार