Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तीन महिनामा ब्याटिङ समस्या सुधार हुन्छः प्रशिक्षक प्रभाकर


    आइतबार, साउन २९ २०७९
    780
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नव नियुक्त नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज प्रभाकरले २÷३ महिना भित्र नै नेपाली टोलीको ब्याटिङमा सुधार गर्ने दाबी गरेका छन् ।  

    मुख्य प्रशिक्षक प्रभाकरले आइतवार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीको मुख्य समस्या ब्याटिङ रहेको भन्दै ब्याटिङलाई २÷३ महिनामा नै सुधार  गर्ने बताएका हुन्  । उनले नेपाली राष्ट्रिय क्रिकेट टोली सम्हाल्न शनिवार नेपाल आएका हुन् । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रशिक्षक प्रभावकरले पहिलो दिन आईतवार कीर्तिपुर स्थित त्रिभूवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सबै खेलाडीको ब्याटिङ हेरेको र उनीहरुमा भएको कमी कमजोरी भेटाएको भन्दै सुधार गर्ने वाचा गरे ।  प्रभाकरले नेपाली खेलाडीले आईपिएलको सिको गरिरहेको भन्दै खेलाडीमा टेक्निक नभएको र टेक्निकलाई सुधार गर्ने बताए । विश्व क्रिकेट लिग–२ मा नेपाली टोलीले २० खेल खेलिसकेको छ । नेपाली टोलीका लागि अब १६ खेल बाँकी रहेको भन्दै प्रशिक्षक प्रभाकारले धेरै भन्दा धेरै खेलमा सुखद नतिजा निकाल्ने लक्ष्यका साथ टोलीलाई अभ्यास गराउने बताए ।

    नेपाली टोलीले विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आएपनि धेरै जसो खेलमा कमजोर ब्याटिङका कारण पराजित हुने गरेको प्रशस्तै उदाहरणहरु छन । तर पछिल्लो समय टोली भित्र नै विवाद भइरहेको अवस्थामा प्रशिक्षक प्रभाकरलाई एक ढिक्का बनाएर अगाडि बढाउनु पर्ने चुनौती छ । खेलाडीबीच गुट÷उपगुट पनि टोलीको अर्को समस्या रहेको छ । यस्तै अवस्थामा कसरी अगाडी बढाउनु हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रशिक्षक प्रभाकारले कुनैपनि परिवार भित्र समूह भएको अवस्थामा परिवारलाई सफलता नमिल्ने भन्दै र परिवार भित्रको पीडा सबैको पीडा हुने र समाधान गरेर अगाडि बढने प्रतिवद्धता जनाए । यस्तो समस्या सबैतिर हुने गरेको र यसलाई समाधान गर्न जिम्मेवारी दिएको अवस्थामा समस्या सुल्झिने बताए ।

    अहिलेको अवस्थामा नेपाली टोलीभित्र युवा खेलाडीको बाहुल्यता छ । खेलाडीको औसत आयु २२ वर्ष भएको भन्दै उनीहरुका लागि सिकाई महत्वपूर्ण हुने प्रशिक्षको बुझाई छ । यस्तै उमेर समूहले छिटो सिक्ने र प्ररिणाम पनि चाँडै देखाउने विश्वास प्रशिक्षक प्रभाकरले व्यक्त गरे ।  प्रशिक्षक प्रभाकार क्यानेडियन प्रशिक्षक पुबुदु दाशानायकेको राजीनामा पछि नेपाल आएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार