Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • साथीसँग नुहाउन गएका युवक खोलामा डुबे 


    आइतबार, साउन २९ २०७९
    305
    Shares
  • १ मिनेट पाठ
  • दाङमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–२ रामपुरका २६ वर्षीय निराजन पोखरेलको डुबेर हिजो मृत्यु भएको हो । 

    साथीहरूसँग सोही उपमहानगरमा पर्ने अर्जुन खोला र मसोट खोलाको दोभानमा नुहाउन गएका उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

    दिउँसो नुहाउने क्रममा मान्छे डुबेको सूचना पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल ४१ नम्बर गण हेटक्वाटर  डिएसपी नवीन बुढाथोकीको नेतृत्वमा १९ जनाको टोली खटिएको थियो ।

    खोज तलास गर्ने क्रममा पोख्रेलको शव खोचमा अड्किएको अवस्थामा फेला परेको हो । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार