Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची ?


    आइतबार, साउन २९ २०७९
    795
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रतिनिधिसभा बैठक आज पनि बस्ने भएको छ । बैठक आज बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको हो ।  सो बैठकमा विभिन्न कार्यसूचीमाथि छलफल हुने संसद सचिवालयले जानकारी दिएको छ । 

    आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘अर्थ समितिको प्रतिवेदन सहितको बीमा विधेयक, २०७५ माथि छलफल तथा पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । 

    साथै, अर्थमन्त्री  शर्माले ‘अर्थ समितिको प्रतिवेदन सहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल पश्चात पारित गरियोस्,’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले बताएको छ । 

    बैठकमा राष्ट्रिय सभाको सन्देश सहितको ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ को दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार