Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दोहोरो नागरिकता लिने धमाधम फन्दामा पर्दै


    शनिबार, साउन २८ २०७९
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । दोहोरो नागरिकता लिनेहरु एकपछि अर्को फन्दामा पर्न थालेका छन् । राहदानी विभागमा राहदानी लिन गएका सेवाग्राहीको व्यक्तिगत तथ्याङ्क विश्लेषण गर्दा दोहोरो नागरिकता लिने व्यक्ति फेला परेका हुन् ।

    विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवका अनुसार विद्युतीय राहदानी लिनेको विवरण सही वा गलत हो भनेर परीक्षण गर्ने क्रममा दोहोरो नागरिकता लिने व्यक्ति भेटिएका हुन् । 

    हालसम्म करिब एक सय जनाको दोहोरो नागरिकता फेला पारिएको छ । महानिर्देशक यादवका अनुसार विद्युतीय राहदानीका लागि आवेदन दिएपछि तोकिएको मितिमा फोटो खिच्ने र डिजिटल हस्ताक्षर गराउने कार्य (लाइभ इनरोलमेन्ट) गरिन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार