Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कतारदेखि सुन ल्याउने  युवक समातिए 


    शुक्रबार, साउन २७ २०७९
    690
    Shares
  • १ मिनेट पाठ
  • कतारदेखि सुन ल्याउने एक युवक विमानस्थलबाट समातिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट ती युवकलाई हिजो प्रहरीले नियन्त्रणमा लिएको हो । 

    पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका,६ घर भएका ३३ वर्षीय पदम स्याङ्तान हुन् । उनले करातबाट ६० ग्राम तौल बराबरको सुन स्वदेश ल्याएका हुन् ।  

    कतार एयरवेजको उडानद्धारा दोहाबाट काठमाडौँ आएका स्याङ्तानलाई जाँच गर्ने क्रममा भित्री वस्त्रमा लुकाएर राखिएको अवस्थामा एकएक वटा औँठी र ब्रासलेट फेला परेको प्रहरीले बताएको छ । 

    प्रहरीका अनुसार पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार