काठमाडौं । काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ ।
बालाजुमा रहेको जुत्ता चप्पल बनाउने कारखानामा आगलागी भएको उपत्यका प्रहरी कार्यालयकाले जनाएको छ ।
आगो निभाउनका लागि काठमाडौं, भक्तपुर र ललितपुरमा उपलब्ध दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।
आगलागीमा मानविय क्षति नभएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार आगलागाीको कारण खुलेको छैन। क्षतिको विस्तृत विवरण आउन बाँकी छ।