Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तस्करी रोक्न सशस्त्र प्रहरीका एसपीको सक्रियताः ट्रकसहित ५९ लाख बढीको अवैध सामग्री बरामद


    बुधबार, साउन २५ २०७९
    930
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • नेपालगन्ज । सीमा सुरक्षा र तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीले विशेष सक्रियता देखाएको छ । सशस्त्र प्रहरी बल ३० नम्बर गण बाँकेको छोलीले मंगलबार ट्रकसहित लगभग साढे ५९ लाखको अवैध सामग्री बरामद गर्नुका साथै दुई जनालाई पक्राउ गर्न सफल भएको छ ।

    सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख एसपी जनकराज बस्नेत नै तस्करी नियन्त्रणमा खटिएका छन् । एसपी बस्नेतको कमान्डमा गएको टोलीले मंगलबार बिहान २ बजे बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर १ हात्तीसार चिसापानीमा भे १ ख ३५८८ नम्बरको  ट्रकलाई चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा अवैध चामल, चिनी, सुपरपावर सुर्ती, लेडिज सुट बरामद गरेको छ ।

    सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका एसपी बस्नेतको कमान्डको टोलीले ट्रकसहित बिल नभएका १ सय बोरा चिनी, ३ सय बोरा चामल, २९ बोरा सुपरपावर सुर्ती, १ सय पिस लेडिज सुट बरामद गरेको हो । सशस्त्रको टोलीले दैलेख गुराँसे गाउँपालिका ४ का २७ बर्षीय ट्रक चालक गौरव गिरी र दैलेख दुल्लु १२ का २१ बर्षीय ट्रक चालक अर्जुन रावतलाई समेत पक्राउ गरेको जनाएको छ ।

    बरामद गरिएका ५९ लाख ४० हजार बराबरका सबै अवैध सामग्री, नियन्त्रणमा लिइएको ट्रकसहित दुई जनालाई आबश्यक कारबाहीका लागि मंगलबारै नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी गण बागेश्वरी गणको विज्ञप्तिमा उल्लेख छ ।

    एसपी बस्नेत तस्करी नियन्त्रणका लागि आफैं गस्ती गर्दैआएका छन् । एसपी नै गस्तीमा निस्किएपछि मातहतका बीओपीहरुबाट पनि भन्सारछली कम हुन थालेको छ । र, भन्सार राजस्व समेत बृद्धि हुँदै गएको छ । एसपी बस्नेले सीमा नाकामा हुने तस्करीविरुद्ध दैनिक गस्ती समेत गर्दै आएका छन् ।

    बस्नेत आफैं फिल्डमा खट्ने गरेपछि मातहतका बीओपी इन्चार्जहरु पनि तस्करी नियन्त्रणमा सजग हुने गरेका छन् । बस्नेतले बाँके कमान्ड सम्हालेको ६ महिनामै साढे २ करोड बढीको राजस्व समेत संकलन गर्दै संगठनमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी उच्च अधिकृतमा नाम लेखाउन समेत सफल बनेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार