Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसले २२ दिन केन्द्रीय सदस्यलाई जिल्लामा खटाउने


    सोमबार, साउन २३ २०७९
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।  नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अभियान भदौ २ गतेबाट थाल्ने भएको छ।

    महामन्त्री गगनकुमार थापाका अनुसार कांग्रेसले भदौ २ गते देखि २४ गतेसम्म केन्द्रीय सदस्यहरुलाई जिल्ला जिल्लामा खटाउने भएको हो।  

    आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय तहका नेताहरु खटाउने थापाको भनाइ छ।

    नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले सोमबार काठमाडौंमा गरेको कार्यक्रलाई सम्बोधन गर्दै थापाले भने, ‘भदौ  २२ गतेबाट २४ गतेसम्म नेपाली कांग्रेसका सबै केन्द्रीय सदस्य साथीहरुलाई हामी जिल्ला जिल्ला पठाउँदै छौँ चुनाव केन्द्रित अभियानका क्रममा।’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार