Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आज साउन २३ गते सोमवारको राशिफल


    सोमबार, साउन २३ २०७९
    570
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    मनमा निराशा र शरीरमा आलस्य आउला । कार्य सम्पादनमा समस्या आउला । अनावश्यक ठाउँमा धन खर्च होला र साँझमा खर्च बढ्ने योग छ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    आज प्राविधिक काममा सफलता प्राप्त हुनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    सरकारी निकायको भए रहनेछ । पढाइ लेखाइमा समय दिन सकिँदैन । अनावश्यक यात्रा पनि हुनसक्छ, तर साँझमा कुनै कुराले मन खुशी हुनेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आज लक्ष्मी प्रसन्न हुने योग छ । सामाजिक, धार्मिक कार्यमा रुचि बढ्ने छ । सांगीतिक क्षेत्रमा रुचि बढ्ने छ । राज्यबाट मान सम्मान पाइनेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    आज सानातिना समस्यामा अल्झिनु पर्नेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । व्यापार व्यवसायमा पनि मन्दी छाउन सक्छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । व्यापार, व्यवसायमा सफलता मिल्ने छ । दिनको उत्तरार्ध सुखद् रहने छ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    आज सामाजिक क्षेत्रमा काम गर्नेहरूले मान सम्मान पाउनेछन् । टाढिएका आफन्तसँग पुनः सम्बन्ध गाँसिन सक्छ । रमाइलो यात्रा पनि हुनेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आज माइलो यात्राको योग रहेको छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । प्रेममा मधुरता छाउने छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    विद्या र बुद्धिको विकास हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । दाम्पत्य जीवन सुखमय नै रहला । शेयर बजारबाट पनि सफलता मिल्ने छ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् र शुभकार्यको चर्चा चल्ने छ । सेयर बजारमा लागेकाहरूलाई समय निकै राम्रो रहनेछ ।

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
    आज परिवारमा सुख, सन्तोष छाउनेछ । सफल यात्राको योग छ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्ने छ । जोश, जाँगर र उमङ्ग पनि बढ्ने छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । जीवन साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार