Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विवादले खेलक्षेत्र प्रभावित : अध्यक्ष महर्जन


    आइतबार, साउन २२ २०७९
    655
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • ललितपुर।ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले हरेक खेलमा भइरहेको विवादले खेल क्षेत्र प्रभावित बनेको बताएका छन् । ललितपुर महानगरपालिका- २६ मा रहेको सुनाकोठी बुदोकैदो क्लबको प्रथम साधारण सभाको उद्घाटन गर्दै उनले विवादले खेलाडीलाई असर पारेको बताए ।

    बुदोकैदो खेल नेपाली भाषामा खेल्ने भएकाले गौरवकाे विषय भएकाे उनले बताए । साथै, उनले जिल्लाको खेलकुदको विकासमा गर्न सक्ने सहयोग गर्न सधैं तत्पर रहेको पनि बताए ।

    ललितपुर महानगरपालिका-२६ का वडा अध्यक्ष शुरेस महर्जनले क्लबको वार्षिक प्रतिवेदन पेश गर्न अनुरोध गरे । उनले अन्तर्राष्ट्रिय खेलमा भाग लिनका लागि आवश्यक कुरा वडामा आएर प्रष्ट पार्न सकिने बताए ।

    कार्यक्रममा सोमाङ स्कुलका पूर्व प्रधानअध्यापक जीतबहादुर घलेले खेलप्रति माया भएकाले बुदोकैदो क्लबलाई २० हजार २२ रुपौयाँ सहयोग गरे ।  बुदोकैदो अर्थात नेपाली मौलिक मार्सल आर्ट नेपालको झण्डा, भाषा, संस्कृति, परम्परागत हतियार, शैली प्रयोग हुने यो खेललाई विश्वका २७ देशले मान्यता दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार