Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एक साताभित्र प्रहरी समायोजन गर्न मधेश प्रदेश सरकारको अल्टिमेटम 


    आइतबार, साउन २२ २०७९
    635
    Shares
  • २ मिनेट पाठ
  • जनकपुरधाम । मधेस प्रदेश सरकारले तत्काल प्रहरी समायोजन गर्न माग गरेको छ । संघीय सरकारले संविधान जारी भएको ६ बर्षसम्म पनि प्रहरी समायोजन नगरेपछि मधेश प्रदेश सरकारले एक हप्ताभित्र समायोजन गर्न ध्यानाकर्षण गराएको छ । आइतबार मधेश प्रदेशका आन्तरिक मामिला मन्त्री भरत साहले एक हप्ताभित्र प्रहरीलाई हस्तान्तरण गर्न प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत् प्रधानमन्त्रीसँग माग गरेका छन् । 

    मन्त्री साहले आइतबार प्रदेश प्रमुख मिश्रमार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै एक हप्ताभित्र प्रदेशमा प्रहरी हस्तान्तरण गर्न माग गरेका छन् । 
    तोकेको सीमाभित्र प्रदेश प्रहरी समायोजन तथा हस्तान्तरण नभए शान्तिपूर्ण विरोधका कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकार बाध्य हुने उनले चेतावनी दिएका छन् । केही दिनअघि मात्र मन्त्री साहले पत्रकार सम्मेलन गरी संघीय सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

    ज्ञापनपत्रमा उल्लेख छ–संविधान तथा संघीय ऐनले प्रहरी र शान्ति सुरक्षाको जिम्मेवारी प्रदेशलाई सुम्पिएको छ । तर प्रहरी समायोजनमा संघीय सरकारले कुनै तदारुकता देखाएको छैन । प्रहरी र प्रशासनविना प्रदेश सरकारको अनुभूति हुन सकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार