Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जुवातास खेल्दाखेल्दै ७ जना पक्राउ, १ लाख ६४ हजार बरामद


    आइतबार, साउन २२ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–९ दिर्घायु टोलस्थित मेखराज बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा बस्नेतका भाइ युवराज बस्नेत समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    उक्त घरमा युवराजले जुवातास खेलाइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई १४ बुक तास, २ हजार भारतीय रूपैयाँ र १ लाख ६४ हजार ३ सय ४४ नेपाली रूपैयाँ सहित फेलापारी पक्राउ गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार