काठमाडौँ, ६ चैत । आगामी २८ र २९ गते हुने भनिएको निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंको निर्वाचन स्थगित भएको छ ।
कोरोनासँग बच्नको लागि सरकारले २५ जना भन्दा बढी भेला हुन रोक लगाएपछि महासंघले चैत २८ र २९ गतेका लागि तोकेको निर्वाचन स्थगित गरेको हो ।
आज बिहीबार बसेको पदाधिकारी बैठकले निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।
महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले जेठ ७ र ८ गतेलाई महाधिवेशन सारिएको जानकारी दिए ।