काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य सस्तिएको छ । सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रुपैयाँ सस्तिएको हो ।
आज छापावाल सुन प्रतितोला ९५ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो मंगलबार छापावाल सुन प्रतितोला ९५ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज बुधबार चाँदीको मूल्य पनि सस्तिएको छ। आज चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला दश रुपैयाँ सस्तिएको हो।