काठमाडौं । अबैैध रुपमा भारत तर्फ लैजादै गरेको अवस्थामा झापाका दुई छुट्टाछुट्टै स्थानबाट ३ क्विन्टल ३५ किलो सुपारी बरामद भएको छ ।
अबैध रुपमा सुपारी चोरी निकाशी भईरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ बाट सोमबार बिहान १ क्विन्टल ७५ किलो सुपारी बरामद गरेको तथा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ बाटै १ क्विन्टल ६० किलो सुपारी बरामद गरेको हो ।
बरामद भएको सुपारी आवश्यक कारबाहीको लागी मेची भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।