फाइल फोटो
काठमाडौं । अबिरल वर्षाका कारण लेदोसहितको पहिरो खसेर आज बिहानैदेखि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ ।
सोमबार बिहान ४ बजे भरतपुर महानगरपालिका-२९ घुमाउनेमा गएको पहिरो सफा गरेपछि सडक दुईतर्फी नै सञ्चालनमा आएको हो ।
अहिले यातायात सञ्चालनमा आए पनि वर्षा भने जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।