काठमाडौं । सशस्त्र प्रहरी बलले विभिन्न स्थानबाट भन्सार छलि ल्याएका अबैध सामानहरू बरामद गरेको जनाएको छ ।
वीरगंज म.न.पा. वडा नं. १७ अलौमा भारतबाट अवैध रूपमा भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको एक लाख मूल्य बराबरको मोबाईल पार्टस बरामद गरेको छ ।
यसैगरी विन्दाबासिनी गा.पा. वडा नं. ४ मधुवलमा भारतबाट अवैध रूपमा भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको ३१ हजार मूल्य बराबरको सुर्ती र किराना सामानहरू विओपि अलौ तथा विओपी प्रसौनीभाठ्ठाबाट बरामद गरी वीरगंज भन्सारमा दाखिला गरेको सशस्त्र प्रहरीले जनाएको छ ।