काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यमा वृद्धि भएको छ ।
सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तोक्दै सुनको मूल्य तोलामा २०० रुपैयाँले र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ८०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य तालामा ९५ हजार ३०० रुपैयाँ पुगेको छ । जुन, गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९५ हजार ६०० र तेजाबी सुनको मूल्य ९५ हजार १०० रुपैयाँ थियो ।