Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • झापा पुगेर प्रचण्डमाथि ओलिले लगाए आरोप, ‘तीन वर्ष आफैले रोकेकोे नागरिकता विधेयक पास गरेर जस लिन खोजे’


    बिहिबार, साउन १२ २०७९
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले तीन वर्ष रोकेर राखेको नागरिकता विधेयक अहिले जस लिनका लागि संसदबाट पास गरेको आरोप लगाएका छन् ।

    झापाको बिर्तामोडमा आयोजित नेपाल उत्पीडित मुक्ति समाजको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले जस लिनकै लागि गठबन्धन सरकारले नयाँ नागरिकता विधेयक ल्याएको आरोप लगाएका हुन् ।

    गठबन्धन दलका क्रियाकलाप कै कारण संघीयता समेत बदनाम भएको बताउँदै ओलीले गठबन्धनमा भएका पार्टीले पहिचानका नाममा राज्यलाई बिखण्डीत गर्ने प्रयास गरेको बताएका छन् ।

    ओलीले राष्ट्रियताका पक्षमा उभिएकै कारण गठबन्धनको उद्देश्य एमालेलाई कमजोर पार्ने र सिद्याउनेमा केन्द्रीत रहेको तर्क गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार