Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओम्नीको भन्दा ठूलो भ्रष्टाचार, छानबिन समिति बनाउनबाट स्वास्थ्य मन्त्री किन पछि हटे ?


    बिहिबार, साउन १२ २०७९
    980
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौं । आपूर्ति ब्यवस्थापन शाखाले १० अर्बको औषधि र उपकरण खरिदमा ठूलो अनियमितता भएकोबारेमा छानबिन समिति बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले अस्वीकार गरेका छन् ।

    स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले छानबिन समिति बनाउनका लागि मन्त्रीलाई अनुरोध गरे पनि उनले नमानेपछि १० अर्बको औषधि खरिदको अनियमितता गर्नेहरुले उन्मुक्ति पाउने भएका छन् । स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति ब्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले स्वास्थ्य सामग्री खरिदमा ओम्नी भन्दा ठूलो भ्रष्टाचार गरेको बिषय सार्वजनिक भएको छ । तथ्यांकसहित अनियमितताको बिषय सार्वजनिक भइसके पनि मन्त्री खापुङले छानबिन समिति बनाउन अस्वीकार गरेपछि मेडिकल माफियाहरुको चंगुलमा उनी परेको आशंकालाई बल पुगेको छ ।

    ७३ करोड रुपैयाँको उपकरण कम्पनी मूल्यभन्दा ४१ करोड बढीमा खरिद गरिएको तथ्य सार्वजनिक भएको छ । यसमा २० प्रतिशत मुनाफा नै जोड्दा पनि विशाल पण्डितको हस्पिटेक इन्टरप्राइजेजले ३ सय गुणा महंगोमा आपूर्ति गरेको कुरालाई पुष्टि गरेको छ । 

    आपूर्ति शाखाले विशाल पण्डितको हस्पिटेक र पोष्टराज ज्ञवालीको लुम्बिनी हेल्थकेयरबाट स्वास्थ्य सामग्री खरिद गरेको छ । गत आर्थिक बर्षको अन्तिममा पोष्टराज ज्ञवालीको सेटिङमा अर्थमन्त्रालयमा सहसचिव राजेश्वर ज्ञवाली र सचिव कृष्णहरि बास्कोटासँग मिलेर डेढ अर्ब बजेट छुट्याएर समेत स्वास्थ्य सामग्री खरिद गरिएको छ । लागत मूल्यभन्दा तीन सय गुणा महंगोमा स्वास्थ्य सामग्रीको ठेक्का सेटिङमा लिने र त्यसको हिस्सा सहसचिव राजेश्वर ज्ञवाली र सचिव कृष्णहरिसम्म पुर्याउनेगरी थप बजेट छुट्याइएको खुलासा भएको छ ।

    स्वास्थ्य सामग्री खरिदमा भएको चरम अनियमितताका बारेमा मन्त्री खापुङले छानबिन समिति नबनाउनुमा उनीसमेत मेडिकल माफिया बिशाल पण्डितबाट प्रभावित भएको आशंका गर्न थालिएको छ । राज्यमन्त्री केसीले छानबिन समिति बनाउँ भन्दा माथिको दबाब छ, नबनाउँ भन्दै उनी पन्छिदैआएको स्रोतले बताएको छ । हस्पिटेकका संचालक विशाल पण्डितले आफ्नै होटल बसेरामा बोलाएर मन्त्री खापुङलाई खुसी पारिसकेकाले उनी छानबिन समिति बनाउनबाट पछि हटेको आरोप छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार