Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिसडोल क्षेत्रका वासिन्दाले भदौ १ देखि फोहोर लान नदिने


    बिहिबार, साउन १२ २०७९
    855
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । बन्चरेडाँडा र सिसडोल क्षेत्रका वासिन्दाले फोहोर लान नदिने धम्की दिएका छन् । सरकारसँग भएको सहमतिअनुसार माग पूरा नभएको भन्दै उनीहरूले भदौ १ गतेदेखि फोहोर विसर्जन बन्द गर्ने चेतावनी दिएका हुन् ।

    स्थानीयले साउन ३१ भित्र फोहोरमैला व्यवस्थापन गर्दा प्रभावित हुने विशेष संवेदनशील क्षेत्रबाट मानव बस्तीहरू अलग गर्ने लगायतका काम शुरू नगरे सदाका लागि फोहोर फाल्न नदिने बताएका छन् ।स्थानीय संघर्ष समितिले हिजो बुधबार शहरी विकास मन्त्री मेटमणि चौधरीलाई ज्ञापनपत्र बुझाएर फोहोर रोक्ने चेतावनी दिएका हुन् ।

    त्यस्तै, गृहमन्त्री बालकृष्ण खाँणलाई पनि सो पत्र बुझाउने तयारी गरेको तर मन्त्रीको समय नमिलेका कारण सो काम बाँकी रहेको समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिए ।
    प्रभावित क्षेत्रको विषयमा सहमति गर्ने, प्रतिबद्धता जनाउने तर कार्यान्वयन नगर्ने राजनीतिक दल, काठमाडौं महानगरपालिका र सरकारलाई नरसंहार गर्न लागेको समितिको आरोप छ ।

    स्थानीय संघर्ष समितिका संयोजक ढुंगानाले भने – ‘पटक–पटक भएको सहमति उल्लंघन गर्ने सरकारविरुद्ध संघर्षमा उत्रिएका छौं ।’ समितिले आज बिहीबार पत्रकार सम्मेलन गरी फोहोर बन्द गर्ने घोषणाको कार्यक्रम तय गरेको पनि ढुंगानाले बताए । आजको समाचारपत्र दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार