Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मूल्यवृद्धि विरुद्ध राप्रपाका महिलाले थाल ठटाए


    बुधबार, साउन ११ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले मूल्यवृद्धि विरुद्ध काठमाडाैं उपत्यकासहित देशभर थाल ठटाएर प्रदर्शन गरेकाे हाे । मूल्यवृद्धि विरुद्ध दाेस्राे चरणकाे कार्यक्रम अन्तर्गत

    दोस्रो चरणको पहिलो कार्यक्रमअन्तर्गत राप्रपाले बुधबार काठमाडौंको भृकुटीमण्डपका साथै सबै

    जिल्लाका सदरमुकाममा ‘थाल ठटाउने’ कार्यक्रमको आयोजना गरेको हो । काठमाडौंको भृकुटीमण्डपमा संगठनले प्रदर्शन गरेकाे दैनिक उपभोग्य वस्तु महंगो भएर जनजीवन नै प्रभावित भएको भन्दै राप्रपाले आपत्ति जनाएकाे छ ।

    जनतालाई ब्युँझाउन र शासकलाई गम्भीर बन्न आवाज सुनाउने गरी थाल ठटाउँदै प्रदर्शन गरिएको राप्रपाले जनाएको छ ।  

    यसअघि राप्रपाको केन्द्रीय कार्यसमिति बैठकले साउन महिनाभित्र राष्ट्रव्यापी विरोध कार्यक्रम र भदौमा जनसंघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो ।

    महंगी नियन्त्रण गर्न नसकेको, बजेटमा करका दर हेरफेर गरेको लगायत विषयमा राप्रपाले संघर्षका कार्यक्रम सार्वजनिक गरेको हाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार