काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउ घटेको छ । आज बुधबार सुन तोलामा २०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ भने आज वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ५०० मा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन पनि सुन तोलामा २०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार २०० रुपैयाँ तोकिएको थियो ।
आज चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोवार भइरहेको छ ।
हिजो मंगलबार भने चाँदीको तोलामा पाँच रुपैयाँले गिरावट भएर प्रतितोला एक हजार १५० रुपैयाँमा झरेको थियो ।