Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सयपत्री हाइड्रोपावरको आईपीओ साउन १३ गतेदेखि बिक्री खुला


    बुधबार, साउन ११ २०७९
    740
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । सयपत्री हाइड्रोपावरको आईपीओ साउन १३ गतेदेखि सर्वसाधारणका लागि  बिक्री खुला हुने भएको छ ।

    कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता निष्कासन गर्न लागेको हो ।
    यसमध्ये ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७० हजार ५८३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिनसक्ने छन् ।
    १७ साउनभित्र सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिइसक्नु पर्ने छ। आइपीओमा सी–आस्वा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय साथै मेरो सेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । यो आइपीओमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार