काठमाडौं । नेपाली बजारमा आज सुनको भाउमा गिरावट आएको छ । आज साउन १० गते, सुन तोलामा २०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोवार भइरहेको छ ।
आज मंगलबार सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला पाँच रुपैयाँले सस्तिएर एक हजार १५० रुपैयाँमा कारोवार भएको छ ।