काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले जातीय सद्भाव भड्काउन खोजेको भन्दै सरकारको धारणा सार्वजनिक गर्न माग गरेको छ ।
एमाले सांसद लिलावल्लभ अधिकारीले प्रदेशको नामकरणको विषयलाई लिएर उनले मुख्यमन्त्री राईले कुनै पहिचान विशेषको मुद्दा भएको र नभए उथलपुथल हुन्छ भन्दै जातीय र सामाजिक सद्भाव भड्काउन खोजेको भन्दै सरकारको धारणा माग गरेका हुन् ।
मुख्यमन्त्री राई प्रदेश–१ को नाम किराँत राख्नुपर्ने पक्षमा छन् । उनले किराँत नामकै विषयमा अभिव्यक्ति दिने गरेका छन् । उनले भने, ‘एउटा सीमित जाति विशेषको लागि मात्र नभएर सबैको भावनाबारे सोच्नु पर्छ । पदको गरिमा कायम गर्नुपर्छ । मानिसको भूमिका समय परिस्थितिअनुसार फरक हुन्छ ।’
सांसद बिनादेवी राईले नामको विषयमा विपक्षमा हुँदा नाम राख्ने भन्ने तर सरकारमा पुगेपछि नामको विषयमा चासो नदिएको भन्दै सरकार के गरेर बसिरहेको छ भन्दै प्रश्न गरिन् । सरकार नै हिंसा भड्काउन उद्धत रहेको भन्ने बाहिर सन्देश गएकाले जनताको मागअनुसार तत्काल नामकरण गर्न आग्रह गरिन् ।
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend