Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मधेशको कृषि मन्त्रालयमा जनमत पार्टीले लगायो ताला


    बुधबार, साउन ४ २०७९
    2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाण्डौं– बिभिन्न मागहरु राख्दै जनमत पार्टीका खकार्यकर्ताहरुले मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा आज तालाबन्दी गरेका छन् ।

    मन्त्रालयबाट सञ्चालन भएका योजनाहरुमा भएको भ्रष्टाचारको छानबिन गर्नुपर्ने, कृषकहरुको रकम भुक्तानी गर्नुपर्ने र किसान आन्दोलनका बेला प्रदेश सरकारले बनाएको अध्ययन समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग सहित जनमतका कार्यकर्ताले तालाबन्दि गरेका हुन् ।

    उनिहरुले सिंचाइको व्यवस्था गर्नुपर्ने माग समेत गरेका छन् । जनमतका नेता कार्यकर्ताहरुले आज दिउंसो जनकपुरमा प्रदर्शनपछि कृषि मन्त्रालयमा तालाबन्दी गरेको जनमतका नेता चन्दन सिंहले जनाए ।

    बीपी साहको नेतृत्वमा रहेका नेता कार्यकर्ताहरुले तालाबन्दि गर्दै माग पूरा नभएसम्म तालाबन्दी जारी रहने र जोर जबरजस्ती गरे जुनसुकै हदसम्म जानसक्ने समेत बताएका छन् ।
    वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अगाडि महिनौंसम्म जनमत पार्टीले मधेसका विभिन्न जिल्लाहरुमा किसान आन्दोलन गरेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार