Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सानो भर्‍याङमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु


    बिहिबार, असार २३ २०७९
    450
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौंको सानो भर्‍याङमा गएराती स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा स्कुटरमा पछाडी सवार चितवनका अन्दाजी ३५ बर्षीय अर्जुन लोहनी रहेका छन् । स्कुटर अनियन्त्रीत भएर सडक डिभाइडरमा ठोकिंदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    वनस्थलीबाट स्वयम्भु तर्फ आँउदै गरेको बा९५प ९७२३ नम्बरको स्कुटर गएराती सवा २ बजे सडक डिभाइडरमा ठोकिएको थियो । 

    घाइते भएका लोहनीको उपचारको क्रममा स्वयम्भु स्थित मनमोहन अस्पतालमा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरी वृत्त स्वयंभुले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार