काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माका कारण दुई दिनसम्म लगातार स्थगित भएको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज बस्दैछ । पदाधिकारी, स्थायी र पोलिटब्युरो सदस्य चयनका लागि गृहकार्य गर्ने भनेर मंगलबार स्थगित गरिएको बैठक बुधबार पुनः संसद बैठकमा सहभागी हुनुपर्ने भन्दै स्थगित भएको थियो । बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।
मंगलबारको बैठकले पदाधिकारी, स्थायी र पोलिटब्युरो सदस्यको अन्तिम नामावली प्रस्ताव गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जिम्मेवारी दिइएको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी चयनका लागि बुधबार खुमलटारमा पूर्वस्थायी समितिसँग छलफल गरेका थिए ।
माओवादीको राष्ट्रिय सम्मेलन सकिएको लामो समय बितिसक्दा पनि पदाधिकारी चयन हुन सकेको छैन । खासगरी महासचिव कसलाई बनाउने भन्ने कुरा माओवादीमा पेचिलो भएको छ । महासचिवका आकांक्षी बर्षमान पुन, जनार्दन शर्मा र कृष्णबहादुर महरा छन् । तीनमध्ये पनि शर्मा र पुनः बीच महासचिवकोे लडाई छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend