काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माका कारण दुई दिनसम्म लगातार स्थगित भएको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज बस्दैछ । पदाधिकारी, स्थायी र पोलिटब्युरो सदस्य चयनका लागि गृहकार्य गर्ने भनेर मंगलबार स्थगित गरिएको बैठक बुधबार पुनः संसद बैठकमा सहभागी हुनुपर्ने भन्दै स्थगित भएको थियो । बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।
मंगलबारको बैठकले पदाधिकारी, स्थायी र पोलिटब्युरो सदस्यको अन्तिम नामावली प्रस्ताव गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जिम्मेवारी दिइएको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी चयनका लागि बुधबार खुमलटारमा पूर्वस्थायी समितिसँग छलफल गरेका थिए ।
माओवादीको राष्ट्रिय सम्मेलन सकिएको लामो समय बितिसक्दा पनि पदाधिकारी चयन हुन सकेको छैन । खासगरी महासचिव कसलाई बनाउने भन्ने कुरा माओवादीमा पेचिलो भएको छ । महासचिवका आकांक्षी बर्षमान पुन, जनार्दन शर्मा र कृष्णबहादुर महरा छन् । तीनमध्ये पनि शर्मा र पुनः बीच महासचिवकोे लडाई छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend