Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • २५ जनाभन्दा बढी सहभागी भएको भन्दै राज्य व्यवस्था समितिको बैठक स्थगित 


    बिहिबार, चैत्र ६ २०७६
    1.4K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, ६ चैत ।  राज्य व्यवस्था समितिको बैठक स्थगित भएको छ । बैठकमा २५ जनाभन्दा बढी सहभागी भएको भन्दै स्थगित भएको हो । 

    करिब ४५ मिनेट बैठक बसेपछि स्थगित भएको थियो । तीन तहबीचको अन्तर सम्बन्ध व्यवस्थित गर्न बनेको विधेयकमाथि छलफल गर्न समितिको बैठक बोलाइएको थियो । 

    त्यसपछि नेपाली कांग्रेस सांसद पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विन्दा पाण्डेलगायतले २५ जनाभन्दा बढी भेला नहुन सरकारको निर्देशन दिएको भन्दै बैठक स्थगित गर्नुपर्ने धारणा राखे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार