Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मोटरसाइकल चोरी गर्ने गिरोहका ९ जना  पक्राउ


    शनिबार, असार १८ २०७९
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दाङ । दाङ प्रहरीले मोटरसाइकल चोरी गरी बिक्री गर्ने गिरोहलाई पक्राउ गरेको छ । 

    बुटवल लगायत विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरी दाङमा ल्याएर बिक्री गर्ने ९ जनालाई लमही र गढवाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

    पक्राउ पर्नेमा गढवा गाउँपालिका ६ का १७ वर्षीय आनन्द परियार, सोही ठाउँकै १७ वर्षकै क्रम बस्नेत, १६ वर्षीय रतन बस्नेत, १६ वर्षकै नसिब अहमद, १५ वर्षीय वरुण कुमाल, १९ वर्षीय अनिल सिंह ठकुरी, १९ वर्षकै लक्ष्मण बिस्ट र लमही नगरपालिका ५ का १९ वर्षीय बसीयम सिंह ठकुरी रहेका छन् ।

    उनीहरूले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर ल्याई विभिन्न गिरोहमार्फत बिक्री गर्दै आइरहेको पाइएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्ले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार