Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते


    शुक्रबार, असार १७ २०७९
    685
    Shares
  • १ मिनेट पाठ
  • बारा।बाराको सुवर्ण गाउँपालिका-७ मा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । चट्याङ लागेर २० वर्षीय धिराज प्रसाद यादववको शुक्रबार दिउँसो मृत्यु भएको हो ।

    खेतमा काम गरिरहेको अवस्थामा उनलाई चट्याङ लागेको थियो भने सँगै काम गरिरहेका अन्य दुई जना भने गम्भीर घाइते भएका छन् । 

    सुवर्ण गाउँपालिका-७ बस्ने २८ वर्षीय नेतालाल पण्डित र सोही स्थान बस्ने भरोस यादवको ८ वर्षीय छोरी रुवी कुमारीकाे स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार