Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता , के भयो कुराकानी ?


    मंगलबार, असार १४ २०७९
    610
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीसँगको भेटवार्ताका लागि प्रधानमन्त्री देउवा मंगलबार साँझ शीलतनिवास पुगेका थिए । 

    राष्ट्रपति र प्रधानमन्त्रीबीच दुई घण्टा छलफल भएको थियो ।  प्रधानमन्त्रीले सरकारका कामकारबाहीका बारेमा जानकारी गराएका थिए । त्यसक्रममा राष्ट्रपति भण्डारीले मल अभावबारे चासो व्यक्त गरेकी थिइन् । उनले मलको समस्या समाधानका लागि दीर्घकालिन समाधान खोज्न सरकारसँग आग्रह गरेकी थिइन् । 

    राष्ट्रपति कार्यालयका सञ्चारविज्ञ टीका ढकालले राष्ट्रपति र प्रधानमन्त्रीको नियमित भेटवार्ता भएको बताए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार