काठमाडौं । नेपाल प्रहरीका हाकिमहरुले घुमुवा राखेर अतिरिक्त कमाइ गर्ने क्रम बढेको छ । अपराध र तस्करी नियन्त्रण गर्नका लागि सूचना संकलन गर्न खटाइएका प्रहरीलाई पछिल्ला दिनमा घुमुवाका रुपमा चिनिन्छ । २०६६ मा भीमबहादुर रावल गृहमन्त्री तराईमा सशस्त्र समूहको हत्या, आतंक र चन्दा असुली बढेको र अपराधीसँग घुमुवा प्रहरीको कनेक्सन देखिएपछि तराईका घुमुवालाई पहाडमा सरुवा गरिएको थियो । घुमुवा सरुवापछि तराईमा हत्या, आतंक बन्द भएको थियो । उपेन्द्रकान्त अर्याल प्रहरी महानिरीक्षक हुँदा पनि घुमुवा अप्रेसन गरी डाँडाकाँडा लखेटिएको थियो ।
राधेमोहनको विरुद्धमा बारा प्रहरीमा जाहेरी दिन पुगेका जाकी अहमद
सर्वेन्द्र खनाल आइजीपी भएपछि प्रहरी प्रधान कार्यालयबाटै घुमुवा खटाइएपछि तराईमा पुनः भन्सार छली र अपराधिक क्रियाकलापमा बढोत्तरी भएको छ । सर्वेन्द्र खनालले प्रनानि(सई) कृष्णदेवप्रसाद साहको नेतृत्वमा मधेश प्रदेशमा घुमुवा खटाएका थिए । सर्वेन्द्र खनालपछिका आइजीपी ठाकुर ज्ञवाली र शैलेश थापाले घुमुवा नै परिचालन त गरेनन् । तर मातहतका प्रहरीका इन्चार्जहरुले घुमुवा राखेर गरिरहेको असुली रोक्न सकेनन् ।
शैलेश थापाले मधेश प्रदेशको प्रमुखमा सरुवा गरेका डीआइजी उमेश रंजितकारले मधेशका ८ वटै जिल्लामा घुमुवा परिचालन गरी घुस आतंक नै मच्चाएर बदनाम भई बिदा भएका थिए । उनीपछि गएका डीआइजी मसाउद आलम खाँले रंजितकारकै पथ अंगिकार गरी घुमुवा राखेर भन्सारछली गर्नेहरुदेखि विभिन्न घटनामा रकम असुली गर्ने गरेको गुनसो छ ।
यसैबीच, मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी खाँ चोरबाट रकम असुली गरेर भगाउने एक सईको संरक्षणमा उत्रेका छन् ।
डिआईजी खाँले बर्दीको आडमा चोरलाई कारवाही नगराई उनीहरुसँग रकम असुली गरेर भगाउने कार्य गरेका पथलैया प्रहरी चौकीका तत्कालीन ईन्चार्ज सई राधेमोहन कुशवाहाको संरक्षणमा उत्रेपछि प्रहरी अधिकृतहरु नै चकित बनेका छन् ।
सर्लाहीको लालबन्दीमा रहेको बरकाती फ्युल सेन्टरबाट नगद र मोबाइल चोरी गर्ने चोरलाई भगाएपछि फ्युल सेन्टरकका संचालक जाकी अहमदले जिल्ला प्रहरी कार्यालय बारामा सई राधेमोहन कुसवाहालाई कारबाहीको माग गर्दै २०७९ बैशाख ९ गते लिखित जाहेरी समेत दिएका छन् ।
२०७८ पुस ३० गते सर्लाहीको लालबन्दीमा रहेको बरकाती फ्यूल सेन्टरबाट तीन लाख ५० हजार नगद र एक थान मोबाइल चोरहरुले चोरी गरी भाग्दै आउँदा पथलैया क्षेत्रमा दुर्घटनामा परेका थिए ।
लालबन्दीबाट पथलैया आउँदै गर्दा दुई जना चोरहरु सवार स्कुटी मोटरसाइकल दुर्घटनामा पर्दा एक चोरको उपचारको क्रममा मृत्यु भएको थियो भने अर्का मकवानपुर जिल्लाको थाहा नगरपालिका ६ का अशोक रुम्बा घाइते भएका थिए । दुर्घटनामा परेका चोरहरुले बोकेको मोबाइल पथलैया प्रहरी चौकीमा अन गर्दा चोरी भएको मोबाइलमा फ्यूल सेन्टर संचालक जकी अहमदले फोन गरेर मोबाइल बोक्नेहरु चोर भएको र हाम्रो ३ लाख ५० हजार नगर , मोबाइलसमेत चोरी गरेर भागेको घटना सुनाएका थिए ।
नगद र मोबाइल चोरी गर्ने चोर पथलैया प्रहरीको नियन्त्रणमा रहेको थाहा पाएपछि जकी अहमदले चोरी गरिएको नगर र मोबाइल लिन पथलैया प्रहरी चौकी पुगेको गुनासो गरे ।
प्रहरी चौकी पुग्दा सई राधेमोहनले चोर घाइते रहेको र ऊ निको भएपछि लालबन्दी प्रहरीको जिम्मा लगाउने र तपाईको रकम पनि उपलब्ध गराइदिने आश्वासन दिएर फर्काएको जकीले सुनाए ।
चोरलाई लालबन्दी प्रहरीको जिम्मा नलगाएपछि सई राधेमोहनसँग सोध्दा उल्टै तपाई चोरहरुको पछि नलाग्नुस्, नत्र तपाईको ज्यान समेत जान सक्ने भन्दै चोरसँग मिलेर धम्की दिने गर्दा आफू बाध्य भएर बारा प्रहरीमा घटना र सईको बिरुद्धमा लिखित जाहिरी दिएको जाकी अहमदले बताए ।
सई राधेमोहनले चोरी भएको ३ लाख ५० हजार नगद रुपैयाँ चोरसँग बुझेर भगाएको र पछि चोरलाई समात्नु भन्दा उल्दै धम्काउने कार्य गर्दा समेत उनलाई कारवाही नगरीए गुनासो उनले गरे ।
सई राधेमोहनको बिरुद्धमा चोरलाई संरक्षण गरेर भगाएको आरोपमा कारबाही गर्न डिआईजी खाँसँग सोध्दा खाँले मेरो नजिकको मान्छो हो भनी कारवाही नगर्न निर्देशन दिने गरेकाले समेत डिआईजीको नियत सफ नभएको गुनासो प्रहरी अधिकृतहरुले गरेका छन् ।
कुनै समय पर्सामा डिएसपी हुँदा डिआईजी खाँले राधेमोहनलाई नै घुमुवामा परिचालन गराएर आर्थिक संकलन गर्ने कार्य गराएका थिए ।
घुस लिएर चोर भगाएको आरोपका बारेमा डीआइजी खाँले भने–‘कहिले भगाएँ, त्यत्तिकै आरोप लगाउन पाइन्छ ?