Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  पेट्रोलियम पदार्थमा कालोबजारी गर्ने तीन पक्राउ 


    बिहिबार, चैत्र ६ २०७६
    545
    Shares
  • २ मिनेट पाठ
  • सप्तरी, ६ चैत ।  सरकारले तोकेको  मूल्यभन्दा बढी मूल्यमा पेट्रोलिम प्रदार्थ बेच्ने तीन व्यक्तिलाई पक्राउ गरेको छ । सप्तरीको सुरुङगा नगरपालिका कुशहास्थित विभिन्न पसलमा बढी मूल्य लिई पेट्रोलमा कालोबजारी गर्ने उनीहरुलाई प्रहरीले  पक्राउ गरेको हो ।
     
    पक्राउ पर्नेमा नगरपालिका–७ का ३७ वर्षीय अरुण चौधरी, ४० वर्षीय अली हसन र वडा नम्बर ५ का ३० वर्षीय तेजनारायण भगत रहेको प्रहरीले जनाएको छ।

    नगरपालिकाको वडा नम्बर ५ कुशाहास्थित पसलमा अवैधरूपमा पेट्रोल प्रतिलिटर १२० रुपैयाँका दरले बिक्री वितरण गर्ने तीन जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक बाबुराम कार्कीले बताए।

    पक्राउ परेका चौधरीको साथबाट १७ लिटर, हसनको साथबाट पाँच लिटर र भगतको साथ दुई लिटर अवैधरूपमा पेट्रोलमा कालोबजारी गरी बेचबिखन गरिरहेको अवस्थामा बरामद गरिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए।

    पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कडरबोनामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार