Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अवैध लागूऔषधसहित तीन जना पक्राउ


    बिहिबार, असार ९ २०७९
    1.6K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं।कास्की र रुपन्देहीबाट अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    कास्कीको पोखरा महानगरपालिका–९ पृथ्वीचोकबाट १ केजी ३६ ग्राम अवैध लागूऔषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा सोही महानरपालिका–९ शिवटोल बस्ने १९ वर्षीय निखिल खड्का सहित छन् । उनीहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । 

    वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

    रुपन्देहीको कञ्चन गाउँपालिका–१ बकुलघाटबाट करिब २ ग्राम ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २९ वर्षीय महेश प्रसाद थारु रहेका छन् । इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार