Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १ सय ७५ केजी गाँजा बरामद


    बुधबार, असार ८ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी । सशस्त्र प्रहरीले ठूलो परिमाणमा अबैध लागुऔषध गाँजा बरामद गरेको छ ।

     बल सुरक्षा वेश क्याम्प भारदहका ईन्चार्ज सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङ नेतृत्वको गस्ती टोलीले मंगलबार राती सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ स्थित कोशी ब्यारेजबाट मिनी ट्रकमा लोड गरिएको अवस्थामा १ सय ७५ किलो लागुऔषध गाँजा बरामद गरेको हो ।

     पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख २९२५ नम्बरको ट्रकलाई कोशी ब्यारेज चेक प्वाइन्टमा चेकजाँच गर्न खोजेपछि चालक र सहचालक फरार भएको सशस्त्र प्रहरी निरीक्षक तामाङले बताए ।

    उनले भने,´शंका लागेर ट्रकभित्र हेर्दा गाँजा देखिए पछि खोजतलास गर्दा ट्रकमा ७ वटा बोरामा प्याक गरी बाँधिएको अवस्थामा गाँजा फेला परेको छ ।

    बरामद् भएको ट्रकसहितको गाँजालाई थप अनुसन्धानको लागि नेपाल प्रहरीलाई जिम्मा लगाईएको सशस्त्र प्रहरी निरीक्षक तामाङले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार