Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनचाँदीको मूल्य स्थिर , सोमबारकै मूल्यमा कारोबार


    मंगलबार, असार ७ २०७९
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  सुनचाँदीकाे मूल्य म‌ंगलबार स्थिर छ । साेमबारकै मूल्यमा म‌ंगलबार सुनचाँदीकाे काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

    महासंघका अनुसार साेमबार ताेलामा २०० ले वृद्धि भई सुन ९७ हजार ७०० रुपैयाँमा किनबेच भएकाे थियाे । साेही मूल्यमा म‌ंगलबार काराेबार भइरहेकाे हाे । तेजावी सुनको भाउ ९७ हजार २०० रुपैयाँ रहेकाे छ ।

    म‌ंगलबार चाँदी प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् । म‌ंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस एक हजार ८३८ र चाँदी प्रतिऔंस २१.६७ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार