Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार प्रकरण : मनोज पाण्डे पुर्पक्षका लागि जेल चलान


    सोमबार, असार ६ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  सौन्दर्य प्रतियोगताको आडमा बलात्कारको आरोप लागेका मनोज पाण्डे जेल चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले पाण्डेलाई मुद्दाको पुर्पक्षका थुनामा राख्न आदेश दिएको हो । 

    जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पाण्डेविरुद्ध २ वटा कसुरमा १८ वर्ष कैद सजाय मागदाबी गर्दै मुद्दा दायर गरेको थियो । 

    पाण्डेविरुद्ध मानव बेचबिखनको कसुरमा १५ वर्ष र बाल यौन दुर्व्यवहारको कसुरमा ३ वर्ष गरी १८ वर्ष कैद सजायको मागदाबी गरिएको छ ।  बाल यौन दुर्व्यवहारको मुद्दामा एक लाख रुपैयाँ धरौटी माग गरिएको छ । 

    ८ वर्षअघिको एक सुन्दरी प्रतियोगिताको आडमा आफूमाथि यौनदुर्व्यवहार भएको भन्दै  एक किशोरीले भिडिओ सार्वजनिक गरेपछि पाण्डेलाई प्रहरीले पक्राउ गरेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार