Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रत्येक आइतबार काठमाडौं महानगरले जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने


    आइतबार, असार ५ २०७९
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रत्येक हप्ताको आइतबार काठमाडौं महानगरपालिकाले जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ।   काठमाडौं महानगरको नगर सभाको ११औँ अधिवेशनमा  मेयर बालेन्द्र  साहले २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रत्येक हप्ताको आइतबार महानगरपालिकाले जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने बताए।

    उनले संघीय राजधानी काठमाडौँको विकास, सुधार र समृद्धिका लागि प्रस्तावित नीति तथा कार्यक्रमको प्रभाबकारी कार्यान्वयन गर्न आम महानगरबासी तथा सबै पेशा, व्यवसायमा आबद्धहरुको सहयोग, समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्।

      प्रत्येक हप्ताको आइतबार सञ्चालन गरिने जनतासँग मेयर कार्यक्रममा जनतासँग प्रत्यक्ष कुराकानी गर्ने पनि मेयर शाहले बताए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार