Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जन्ती बोकेको जीप दुर्घटना, ६ जना घाइते


    आइतबार, असार ५ २०७९
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सल्यान।सल्यानमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बनगाड कुपिण्डे नगरपालिका ४ देउलीमा भे १ ज १०२१ नम्बरको जीप शनिबार राति दुर्घटनामा परेको हो । 

    दुर्घटनामा बनगाड कुपिण्डे नगरपालिका ४  देउलीका मोतिलाल बुढा, मन बुढा, सहदेव बुढा, चित्रबहादुर बुढा, हरिमाया बुढाथोकी र गोपाल बुढा घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काका अनुसार घाइते सबैको सल्लीबजारमा उपचार भइरहेको छ ।न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार