Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • प्रचण्ड आजबाट अत्यावश्यक कामका लागि मात्र बाहिर निस्कने 


    बिहिबार, चैत्र ६ २०७६
    1.4K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ, ६ चैत । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आजदेखि अत्यावश्यक कामको लागि मात्र घरबाट बाहिर निस्कने भएका छन् ।  विश्वका अधिकांश देशमा फैलिएको कोरोना भाइरस ( कोभिड १९)लाई ध्यानमा राखी प्रचण्डले उक्त निर्णय लिएका हुन् । 

     उनकी छोरी गंगा दाहालले आफ्नो फेसबुकमा प्रचण्डले अत्यावश्यतकबाहेकका भेटघाट स्थगित गरेको उल्लेख गरेकी छिन् । 

    सरकारले कोरोना भाइरसको संभावित जोखिम न्यूनिकरण र रोकथामका लागि भन्दै बुधबार अत्यावश्यक काममा बाहेक सकभर घरमै बस्न भनेको छ।

    यसका अलावा जिम, सिनेमा हल, स्कूल, स्पा लगायतका सामुहिक जमघट हुने विभिन्न स्थान बन्द गर्ने घोषणा गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार