काठमाडौं । अबिरल बर्षाका कारण पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन सडक खण्ड भासिँदा पृथ्वी राजमार्गमा सडक भासिंदा सँगसँगै खसेको कार र दुई वटा सब फेलापरेको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीका अनुसार सडक भासिंदा कार करिब ६० मिटर तल खसेको थियो । ।
अबिरल बर्षाका कारण तनहुँको आँबुखैरेनी खैरेनी गाउँपालिका–४ मस्र्याङ्दी जलविद्युत केन्द्रको ड्याम नजिक राजमार्ग भासिएको थियो ।
कार भासिएपछि गोताखोर, उद्धारकर्ता र स्वास्थ्यकर्मी सहितको टोलीलाई परिचालन गरेपछि उक्त कार र दुई वटा सब फेलापरेको थियो । सडक भासिएका कारण पृथ्वी राजमार्गको यातायात पूर्णरुपमा अवरुद्ध छ । अर्को बैकल्पिक मार्ग नभएका कारण सयौं यात्रु बाटोमा अलपत्र छन् ।