Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंबाट फोहोर लिएर गएका  ट्रक स्थानीयको अवरोधपछि सिसडोलमै रोकिए


    बुधबार, जेष्ठ २५ २०७९
    720
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंबाट  फोहोर लिएर गएका  ट्रकलाई  धादिङको बन्चरेडाँडाका स्थानीयले आज पनि  अवरोध गरेका छन् ।

    आज  फोहोर लिएर विसर्जनस्थलतर्फ गएका ट्रकलाई अवरोध गरिएको स्थानीय श्रीराम ढुंगानाले जानकारी दिए । उनले मंगलबारदेखिकै आन्दोलन आजसम्म पनि नरोकिएको बताए ।
    अवरोधपछि फोहोर बोकेका गाडी नुवाकोटको सिसडोल क्षेत्रमा रोकिएका छन् । मंगलबार पनि स्थानीयले अवरोध गरेका थिए ।

    त्यसपछि प्रहरीको सुरक्षा घेरामा करिब १५० गाडीले बन्चरेडाँडामा फोहोर खसालेका थिए ।
    सोमबार काठमाडौंमा बन्चरेडाँडामा फोहोर फाल्नेसम्बन्धी त्रिपक्षीय सम्झौता भएको थियो । उक्त सम्झौताले आफूहरूका माग पूरा नगरेको भन्दै स्थानीय आन्दोलित छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार