Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कास्कीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु


    सोमबार, जेष्ठ २३ २०७९
    700
    Shares
  • १ मिनेट पाठ
  • कास्की।कास्कीको पोखरा महानगरपालिका–२७ अर्घोचोकमा हिजो बेलुकी बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा तनँहुको घिरिङ गाँउपालिका–१ घर भई हाल अर्घोचोक बस्ने अन्दाजी ६५ बर्षीय राजी भनेर चिनिने ईमराज लामिछाने रहेका छन् ।

    बसको ठक्करबाट गम्भीर घाइते भएका उनको पोखरा स्थित पश्चिम क्षेत्रिय अस्पतालमा उपचारको क्रममा राती सवा ९ बजे मृत्यु भएको हो । 

    पोखराबाट तनँहु तर्फ जादै गरेको ना७ख ४९७६ नम्बरको बसले हिजो बेलुकी पौने ९ बजे पैदलयात्री लामिछानेलाई ठक्कर दिएको थियो । 

    बस चालकलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार