Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दोलखामा मोटरसाइकल र भ्यान ठोक्किँदा एक जनाको मृत्यु


    आइतबार, जेष्ठ २२ २०७९
    850
    Shares
  • १ मिनेट पाठ
  • दोलखा। दोलखाको भिमेश्वर नगरपालिका–४ अनाथालय स्थित सडकमा आज बिहान भ्यान र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा मोटरसाइकल चालक दोलखाको भिमेश्वर नगरपालिका–५ जिलुका अन्दाजी ३३ वर्षीय उमेश श्रेष्ठ रहेका छन् । मोटरसाइकलमा पछाडी बस्ने महिला घाइते भएकी छन् । 

    दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा चरिकोट अस्पतालमा मृत्यु भएको हो । 

    घाइते भएकी मोटरसाइकलमा पछाडी सवार श्रेष्ठकी ३२ वर्षीया श्रीमती सजिताको सोही अस्पतालमा उपचार भइरहेको छ । 

    चरिकोटबाट तामाकोशी तर्फ जादै गरेको प्रदेश ३–०१–०२४ च ५९१९ नम्बरको पिक अप भ्यान र विपरीत दिशाबाट आउदै गरेको श्रेष्ठ दम्पती सवार बा ७५ प ४५२१ नम्बरको मोटरसाइकल आज बिहान साढे ७ बजे ठोक्किएका थिए । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार