Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अनुशासन हिनताका कारण स्थानीय तहमा जनमत गुम्यो : ओली


    बिहिबार, जेष्ठ १९ २०७९
    640
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा पार्टी कमजोर हुनुमा अनुशासन हिनता मुख्य कारण भएको बताएका छन् । 

    बिहीबार एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकमा सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा अन्य दलहरुका कारणले नभइ आफ्नै कारणले जनमत गुमाउनु परेको बताएका थिए ।

    आगामी निर्वाचनमा यसलाई सुधार गरेर जानु पर्ने उनको भनाइ थियो । ओलीले प्रतिनिधि सभा निर्वाचनमा केन्द्रीत हुन समेत  निर्देशन दिए ।

    संयन्त्रका संयोजक भानुभक्त ढकालको अध्यक्षता बसेको बैठकमा पार्टी उपाध्यक्ष विष्णु पौडेल सहित २२ जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्षहरूको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार