Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कृषि क्षेत्रमा पनि दलाल पूँजीवाद छ्यापछ्याप्ती छः मन्त्री भूसाल


    बुधबार, चैत्र ५ २०७६
    695
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौं, ५ चैत । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भूसालले दलाल पूँजीवादको बारेमा प्रशिक्षण दिंदैआएका थिए । उनले कृषि मन्त्रालय सम्हालेपछि बुधबार पहिलो पटक गरेको पत्रकार सम्मेलनमा कृषि क्षेत्रमा दलाल पूँजीवाद विद्यमान रहेको कुरा स्वीकार गरेका छन् ।

    कृषि मन्त्रालयको आगामी दिशा सम्बन्धमा गरिएको पत्रकार सम्मेलनमा मन्त्री भूसालले कृषि क्षेत्रमा ब्याप्त दलाल पूँजीवादको ब्याख्या गर्दै भने–‘धादिङमा २५ रुपैयाँ किलो पाइने काउली काठमाडौंमा उपभोक्ताले १ सय ५० प्रतिकिलो किन्नुपरेको छ । यसले न उपभोक्तालाई फाइदा भयो न किसानले उचित मूल्य पाए । बीचौलियाले फाइदा लिए । किसान र उपभोक्ताले लाभ नपाउने तर बिचौलियाले मात्र फाइदा लिने प्रबृत्तिलाई दलाल पूँजीवाद भनिन्छ ।’

    कृषि उत्पादन ब्यवस्थाका पाँच नीतिगत आधारलाई पनि सार्वजनिक गरिएको छ । तिनमा उत्पादन सामग्रीमा अनुदान, सबै किसानको घरदैलोमा प्राविधिक सेवा, टेवा, सस्तो र सुलभ ऋण, बाली तथा पशुपंक्षी, वीमा, न्यूनतम बचतको ग्यारेन्टी छन् । 
    मज्त्री भूसालले किसानलाई उनीहरुले गरेको उत्पादनको समर्थन मूल्य तोक्ने, मल, बिउ,  बिजुलीमा अनुदान दिने, कुन बीउ कहाँ उपयुक्त हुन्छ त्यसका लागि देशभर ८ हजार कृषि प्राविधिकको ब्यवस्था गर्ने जस्ता कार्यक्रमलाई अगाडि बढाइने बताएका छन् । कोरोना भाइरसको संक्रमणको त्रासका बाबजुद यो बर्ष मल पर्याप्त ब्यवस्था भइसकेको मन्त्री जानकारी दिइएको थियो । 

    मनत्री भूसालले सरकारले कृषि अर्थतन्त्रमा सहकारीलाई अगाडि बढाउने बताएका छन्, किसानलाई विकास दिनसक्नेगरी मन्त्रालयलाई बलियो बनाउन लामो समय खर्च ग¥यौं । कृषिको विकास किन भएन भन्ने कुरा गर्दा हामी पर्याप्त बलियो नभएर भन्ने दियौं, उनले अगाडि भनेका छन्–‘हामी स्रोत र कानुनले बलियो हुँदै गयौ तर किसान र कृषि बलियो भएनन् । दातृ निकायको सहयोगले नेपालको कृषिमा महत्वपूर्ण भूमिका खेलेको छ । तर त्यसबाट पनि अपेक्षित परिणान निकाल्न सकेनौं । आज हामी जता जान खोज्दैछौं, त्यसले इतिहासको त्यो दुश्चक्र तोड्छ भन्ने हामीलाई लाग्छ ।

    मल अभाव नहुने ब्यवस्था गरेको, कृषि मन्त्रालयअज्तर्गतका संस्थान, बोर्ड र समितिमा लामो समयदेखि रिक्त पदाधिकारी नियुक्ति गरेको, नार्कलाई पूर्णता दिएको कुरा पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । बर्णशंकर जातको बीउको विकास गर्ने कार्य अगाडि बढाइएको, उखु किसानलाई बैंकखातामै अनुदान रकम राखिदिने ब्यवस्था गरेको जानकारी दिइएको थियो । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार