Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रौतहटमा मेडिकल कलेज र कृषि विश्वविद्यालय स्थापना गर्न संसदमा देव तिमल्सिनाको प्रस्ताव


    बुधबार, जेष्ठ १८ २०७९
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद देवप्रसाद तिमल्सिनाले रौतहटमा मेडिकल कलेज स्थापना गर्न माग गरेका छन् । 

    प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा  आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले सरकारको क्रमबद्ध मेडिकल कलेज सुधार र थप्दै लैजाने कार्यक्रमअनुसार रौतहटमा एउटा मेडिकल कलेज स्थापना गर्न आग्रह गरेका हुन् । 

    मानव सूचकांकदेखि सबै क्षेत्रमा सबैभन्दा पछाडि परेको र मधेश प्रदेशकै बीचमा भाग रहेको रौतहटमा मेडिकल कलेज स्थापना गर्न आग्रह गर्दै उनले मधेश प्रदेश अन्न भण्डार रहेकाले रौतहटमै कृषि विश्वविद्यालय स्थापना गर्न माग गरे । 

    यसबाट किसानलाई पनि लाभान्वित हुने उनको भनाइ छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार